१६९ रनको लक्ष्य पछ्याएको नामिबियाले बनायो २५ ओभरमा ५ विकेट गुमाएर १०५ रन
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले २५ ओभरमा पाँच र विकेट गुमाएर एकसय पाँच रन बनाएको छ । नामिबियाका छैटौँ नम्बरका ब्याट्सम्यान जोहानेश जोनाथन स्मित तीन र सातौँ नम्बरका ब्याट्सम्यान जन निकोल लफ्टी एटन एक रन बनाउँदै क्रिजमा छन् । नामिबियालाई जितका लागि २५ ओभरमा ६४ रन आवश्यक छ ।
नामिबियाले पहिलो विकेटका रुपमा ओपनर निकोलस डाभिनलाई गुमाएको हो । उनी आठ रनको ब्यक्तिग स्कोरमा रन आउट भएका थिए । १.४ ओभरमा निकोलस आउट हुँदा नामिबियाले केवल १० रन बनाएको थियो । नामिबियाले दोस्रो विकेटका रुपमा ओपनर जिन पियर कोट्जीलाई तीन रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो । उनको विकेट नेपालका कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले उनलाई बोल्ड गरेका हुन् । ४.१ ओभरमा उनी आउट हुँदा नामिबियाले १७ रन बनाएको थियो ।
नामिबियाको तेस्रो विकेट कुशल मल्लले लिएका थिए । कुशलले नामिबियाका तेस्रो नम्बरका ब्याट्सम्यान माइकल भान लिंगेनलाई ३१ रनको ब्यक्तिग स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका थिए । पेभेलियन फर्किनुअघि माइकलले ३४ बलमा दुई छक्का र चार चौका पनि हिर्काएका थिए । १२.१ ओभरमा माइकल आउट हुँदा नामिबियाले ६९ रन बनाको थियो ।
नामिबियाको चौथो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । दीपेन्द्रले नामिबियाका पाँचौँ नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकलाई चार रनको ब्यक्तिग स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । १७.३ ओभरमा जन फ्राइलिंक आउट हुँदा नामिबियाले चार विकेट गुमाएर ८६ रन बनाएको थियो ।
नामिबियाको पाँचौँ विकेट कुशल भुर्तेलले लिएका थिए । कुशल भुर्तेलले नामिबियाका कप्तानसमेत रहेका चौथो नम्बरका ब्याट्सम्यान जेरहार्ड अर्समसलाई ५२ रनको ब्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि जेरहार्डले ५६ बलमा दुई छक्का र आठ चौका पनि प्रहार गरेका थिए । २२ औँ ओभरको अन्तिम बलमा जेरहार्ड आउट हुँदा नामिबियाले एक सय तीन रन बनाएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण