आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेसम्मकै सबैभन्दा बढी उज्यालो र भोको ब्ल्याकहोल पत्ता लाग्यो

बुधबार, ०९ फागुन २०८०, १४ : ५४
बुधबार, ०९ फागुन २०८०

वाशिङटन डीसी । वैज्ञानिकहरूले सुदूर ब्रहम्हान्डमा अहिलेसम्मकै सबैभन्दा उज्यालो वस्तु फेला पारेका छन् । यो एउटा क्वेजार हो । यो क्वेजा हाम्रो सूर्यभन्दा ५ हजार खर्ब गुणा बढी चम्किलो छ  । यो अहिलेसम्म नाङ्गो आँखामा लुकेको थियो । यसको पिण्ड सूर्यको भन्दा १७ अर्ब गुणा धेरै छ ।

यसको प्रकाश सूर्यमा आइपुग्न १२ अर्ब वर्षभन्दा धेरै लाग्ने बताइएको छ । अष्ट्रेलियन नेशनल युनिभर्सिटीका वैज्ञानिकहरूले विश्वविद्यालयको एनएसडब्ल्यू साइडिङ स्प्रिङ अब्जर्भेटरीबाट २.३ मिटरको टेलिस्कोप प्रयोग गरेर हेर्दा पहिलो पटक यो क्वेजार देखेका थिए । यसको पुष्टि भने उनीहरूले यूरोपियन साउदर्न अब्जर्भेटरीको ८ मिटरको प्राइमरी ऐना भएको टेलिस्कोपबाट गरेका थिए ।

यसलाई सुरुमा पृथ्वीबाट त्यति खासै टाढा नरहेको ताराको रुपमा वर्गीकरण गरिएको थियो । यो क्वेजाको नाम जे०५२९–४३५१ राखिएको छ । क्वेजा भनेको विशाल ब्ल्याक होलले बनाएका तीव्र गतिमा चलिरहेको, अति नै तातो ग्यासको डरलाग्दो भुमरी हो । यो क्वेजा मान्छेले अहिलेसम्म थाहा पाएको तीव्र गतिमा बढिरहेको ब्ल्याक होलले बनाएको छ । यसले एक दिनमा एउटा सूर्य बराबरको पिण्ड निल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप