सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस नेपाल पिस २०२४’ को घोषणा

बुधबार, ०९ फागुन २०८०, १६ : ४९
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमका बिच प्रतियोगिताको ७ औँ संस्करण घोषणा गरेको हो । प्रतियोगिताका शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा विभिन्न उपहार समेत जित्न सक्नेछन् । प्रतियोगिताको ब्रान्ड एम्बेसडरमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ रहेकी छन् ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ वर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम खल्ती एपमा उपलब्ध छ । 

आगामी मार्च ९ गतेदेखि छनौट चरणको अडिसन हुने प्रतियोगिताको  प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाले अनुमान लगाए ।

अन्तराष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तर दाइत्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता विगतदेखि आयोजना हुँदै आएको हो ।

छनौट चरणमा छानिएका प्रतियोगीलाई संन्चार कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।

विभिन्न उपहार समेत हात पार्नेछिन् । प्रतियोगितामा आधादर्जन विद्यामा विजेता छानिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप