अमेरिकामा हुने लाटोकोसेरो महोत्सवमा पोखराका पत्रकार बरालको फोटो र भिडियो प्रदर्शनी
पोखरा । अमेरिकामा मार्चमा लाटोकोसेरो महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय महोत्सवमा पोखराका पत्रकार कृष्णमणि बरालको फोटो र भिडियो प्रदर्शनी हुनेछ ।
नेपालका लाटोकोसेरो तथा हुचिल सम्बन्धी डकुमेन्ट्री र फोटो प्रदर्शन गर्नका लागि छनोट भएको बरालले बताए । उनले नेपालमा लाटोकोसेरोको संरक्षण र चुनौती विषयमा १० मिनेटको भिडियो तयार गरेका छन् ।
यस्तै, देशका विभिन्न ठाउँमा खिचिएका तस्बिर राख्ने छन् । महोत्सवमा ३ प्रजातिको लाटोकोसेरोको ‘फोटो स्टोरी’ प्रदर्शन गर्ने बरालले बताए । लामो समयदेखि पोखरा रहेर पत्रकारिता गर्दै आएका बराल गिद्ध संरक्षण अभियानका अभियन्ता पनि हुन् ।
‘नेपालमा चरा लगायत वन्यजन्तु संरक्षणका लागि पछिल्लो समयमा भएका संरक्षण उत्सव, सचेतना कार्यक्रमले वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने सन्देश गाउँसम्म पुगेको छ,’ उनले भने, ‘तर पनि संरक्षणमा चुनौती नयाँ नयाँ छन् । वन्यजन्तुको भित्रभित्रै चोरी सिकारी, विदेश निर्यात हुने क्रम रोकिएको छैन । यसबारे पनि सचेत हुनुपर्छ ।’
नेपालमा १३ वर्षदेखि लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि उत्सव हुँदै आएको छ । अमेरिकामा उक्त उत्सव मार्च १ देखि ३ गतेसम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण