बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

१९३ देशका झण्डामुनि पोखराका २३ युवाले वाचन गरे कम्युनिष्ट पार्टीको घोषणापत्र

बुधबार, ०९ फागुन २०८०, २१ : १५
बुधबार, ०९ फागुन २०८०

पोखरा । पोखराका २३ जना युवाले कम्युनिष्ट पार्टीको घोषणापत्र वाचन गरेका छन् । पोखरामा निर्माण गरिएको झण्डापार्कमा उनीहरुले घोषणापत्र वाचन गरेर कम्युनिष्ट पार्टीहरुको ध्यान खिचेका हुन् । पार्कमा संयुक्त राष्ट्रसंघ अन्तर्गतका १९३ देशका झण्डा छन् ।

कम्युनिष्ट पार्टीको घोषणापत्र जारी भएको १७६ औं वर्ष पूरा भएको अवसरमा २३ युवाहरुले २३ पेजको घोषणापत्र वाचन गरेको एमालेका नेता शेखर गौतमले जानकारी दिए । मार्क्स र एंगेल्सका अनुयायीहरुले कम्युनिष्ट घोषणा पत्रलाई सँधै शीरोधार्य गर्नुपर्ने उनको भनाई छ ।

मार्क्स र एंगेल्सले १७६ वर्षअघि समाज रुपान्तरणको निम्ति कम्युनिस्ट घोषणापत्र जारी गरेका थिए । अहिलेका राजनीतिक पार्टीहरुलाई सोही घोषणापत्र अनुरुप अगाडि बढ्न र समाज रुपान्तरणको अभियानमा जुट्न आग्रह गर्दै एमाले नेता माधव बास्तोलाले पहिले पेज पढेर सुनाएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप