१९३ देशका झण्डामुनि पोखराका २३ युवाले वाचन गरे कम्युनिष्ट पार्टीको घोषणापत्र
पोखरा । पोखराका २३ जना युवाले कम्युनिष्ट पार्टीको घोषणापत्र वाचन गरेका छन् । पोखरामा निर्माण गरिएको झण्डापार्कमा उनीहरुले घोषणापत्र वाचन गरेर कम्युनिष्ट पार्टीहरुको ध्यान खिचेका हुन् । पार्कमा संयुक्त राष्ट्रसंघ अन्तर्गतका १९३ देशका झण्डा छन् ।
कम्युनिष्ट पार्टीको घोषणापत्र जारी भएको १७६ औं वर्ष पूरा भएको अवसरमा २३ युवाहरुले २३ पेजको घोषणापत्र वाचन गरेको एमालेका नेता शेखर गौतमले जानकारी दिए । मार्क्स र एंगेल्सका अनुयायीहरुले कम्युनिष्ट घोषणा पत्रलाई सँधै शीरोधार्य गर्नुपर्ने उनको भनाई छ ।
मार्क्स र एंगेल्सले १७६ वर्षअघि समाज रुपान्तरणको निम्ति कम्युनिस्ट घोषणापत्र जारी गरेका थिए । अहिलेका राजनीतिक पार्टीहरुलाई सोही घोषणापत्र अनुरुप अगाडि बढ्न र समाज रुपान्तरणको अभियानमा जुट्न आग्रह गर्दै एमाले नेता माधव बास्तोलाले पहिले पेज पढेर सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण