कर्णालीमा पौष्टिक चामलको बिक्री वितरण सुरु

सुर्खेत । कर्णाली प्रदेशमा पौष्टिक चामल उत्पादन तथा बिक्री वितरण सुरु भएको छ । बुधबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले वीरेन्द्रनगरमा एक कार्यक्रमका बिच पौष्टिक चामल बिक्री वितरण सुरु गरेका हुन् ।
कर्णालीका जिल्लामा यसअघि वितरण गरिएको चामलमा कम पौष्टिक तत्त्व हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल बिक्री गर्न थालेको हो ।
कर्णालीका लागि पौष्टिक चामल बर्दियाको राजापुर मिलले उत्पादन गर्नेछ । गत पुस २५ गतेदेखि उक्त मिलले चामल उत्पादन सुरु गरेसँगै कर्णालीमा बिक्री वितरण पनि सुरु गरिएको हो ।
पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामलमा भिटामिन ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘बी २’, भिटामिन ‘बी ६’, भिटामिन ‘बी १२’, जिंक, आइरन, फोलिक एसिड, नियासिन, पाइरीडक्सिन लगायत शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक तत्त्व मिसाइएको हुन्छ ।
मुख्यमन्त्री शर्माले कर्णालीमा उत्पादन हुने पोषिलो खाद्यान्नलाई सही किसिमले उपयोग गर्न समुदायस्तरमा जागरण ल्याउनुपर्ने बताए ।
उनले भने, ‘माछा मारेर दिनुभन्दा माछा मार्ने जुक्ति सिकाउनुपर्ने अहिलेको आवश्यकता छ ।’
कर्णाली प्रदेशमा पौष्टिक तत्त्व भएका अन्नबाली प्रशस्त भए पनि यसको उचित प्रयोग र व्यवस्थापन गर्न नजान्दा समस्या भएको उनको भनाइ थियो ।
उनले भने, ‘कर्णालीमा पाइने रैथानी बाली पौष्टिक तत्त्वले भरिपूर्ण हुँदा पनि उपयोग गर्न नजान्दा समस्या भएको छ ।’
कर्णाली प्रदेश सरकारले प्रदेशलाई अर्ग्यानिक उत्पादन वृद्धि गर्ने र त्यसलाई खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीसँग सहकार्य गरी उत्पादित बस्तुको बजारीकरण गर्ने गरी काम अघि बढाइएको शर्माले बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय (काठमाडौँ) का उपसचिव प्रमोद कोइरालाले चामलको स्तरोन्नति गर्ने विषयमा यसअघि नै नीतिगत रुपमा काम सुरु भइसकेको बताए ।
अब यसलाई कसरी दिगो बनाउने भन्ने विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ । पौष्टिक तत्त्वको कमीका कारण कर्णालीका बालबालिकाहरुमा कुपोषणको समस्या बढ्दो छ । कर्णालीका नागरिकमा पुड्कोपना, ख्याउटेपना र कम तौलको समस्या छ । यस्तै रक्तअल्पता, जिंकको कमी पनि पाइएको छ ।
पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामलले उक्त समस्यामा कमी ल्याउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ