‘मिस नेपाल पिस २०२४’ को घोषणा
काठमाडौँ । पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेको ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को घोषणा गरिएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबिच प्रतियोगिताको ७ औँ संस्करण घोषणा गरेको हो । प्रतियोगिताका शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलावा विभिन्न उपहारसमेत जित्न सक्नेछन् ।
आगामी मार्च ९ गतेबाट छनोट चरणको अडिसन हुने प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।
‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ वर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम खल्ती एपमा उपलब्ध छ ।
छनोट चरणमा छानिएका प्रतियोगीलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
-
अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई अघि बढाउन कूटनीतिज्ञहरूद्वारा पहल शुरु
-
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध
-
तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला
-
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
-
बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण