परराष्ट्रमन्त्री साउद र चौथाइवालेबिच भेटवार्ता
काठमाडौँ । एक कार्यक्रमका लागि भारतको दिल्ली पुगेका नेपाली कांगेसका नेता एवं परराष्ट्र मन्त्री एनपी साउद र भारतीय जनता पार्टी विदेश विभागका प्रमुख डा.विजय चौथाइवालेबिच भेटवार्ता भएको छ ।
भारतको विदेश मन्त्रालय र अबजर्व रिसर्च फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको रायसीना डायलग कार्यक्रममा भाग लिन त्यहाँ पुगेका परराष्ट्रमन्त्री साउदले हिजो भाजपाका विदेश विभागका प्रमुख चौथाईवालेसँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशबिचको कूटनीतिक सम्बन्ध तथा भाजपा र कांग्रेसको सम्बन्धको बारेमा कुराकानी भएको थियो । नेपाल–भारतको सम्बन्ध तथा भाजपा र कांग्रेस पार्टीबिच सम्बन्ध बलियो बनाउन परराष्ट्र मन्त्री साउदले खेलेको भूमिको चौथाइ बेलाले प्रशंसा गरेको बताइएको छ ।
भारतले भुराजनीति र भूअर्थशास्त्रमा बहस चलाउनका लागि यो सम्मेलनको आयोजना गरेको हो । यो कार्यक्रममा ग्रिसका प्रधानमन्त्रीलगायत विभिन्न देशका अधिकारी, सुरक्षा अधिकारी, विदेश मामिलाका जानकारलगायतका उपस्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण