हवाट्सएपमा एकै साथ थपियो ४ नयाँ फिचर
बिहीबार, १० फागुन २०८०, १२ : ०८
काठमाडौँ । म्यासेजिङ एप व्हाट्सएपले नयाँ फिचरहरू ल्याएको छ । एपमा नयाँ टेक्स्ट फर्म्याटिङ अप्सन ल्याइएको छ । यी फिचरहरूले प्रयोगकर्तालाई म्यासेजलाई अझै राम्रो तरिकाले म्यानेज गर्न मद्दत गर्नेछ । यी नयाँ फिचरमा बुलेट लिष्ट, नम्बर लिष्ट, ब्लक कोट्स, र इनलाइन कोड रहेका छन् ।
यो फिचरले ह्वाट्सएप युजरहरूलाई समय बचतमा मद्दत मिल्नेछ । कुराकानीको स्तरलाई पनि सुधार्ने अपेक्षा गरिएको छ । यसको साथमा एपमा अतिरिक्त टेक्स्ट फर्म्याटिङ अप्सनहरू बोल्ड, इटालिक, स्ट्राइकथ्रु र मोनोस्पेस फर्म्याटङि अप्सन पनि रहनेछन् ।
नयाँ फिचर एन्ड्रोइड, आईओएस, वेब र म्याकका सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने कम्पनीले पुस्टी गरेको छ । यी नयाँ टेक्स्ट फर्म्याटिङ अप्सन सबै च्यानल एडमिनले चलाउन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण