आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हवाट्सएपमा एकै साथ थपियो ४ नयाँ फिचर

बिहीबार, १० फागुन २०८०, १२ : ०८
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । म्यासेजिङ एप व्हाट्सएपले नयाँ फिचरहरू ल्याएको छ । एपमा नयाँ टेक्स्ट फर्म्याटिङ  अप्सन ल्याइएको छ । यी फिचरहरूले प्रयोगकर्तालाई म्यासेजलाई अझै राम्रो तरिकाले म्यानेज गर्न मद्दत गर्नेछ । यी नयाँ फिचरमा बुलेट लिष्ट, नम्बर लिष्ट, ब्लक कोट्स, र इनलाइन कोड रहेका छन् ।

यो फिचरले ह्वाट्सएप युजरहरूलाई समय बचतमा मद्दत मिल्नेछ । कुराकानीको स्तरलाई पनि सुधार्ने अपेक्षा गरिएको छ । यसको साथमा एपमा अतिरिक्त टेक्स्ट फर्म्याटिङ  अप्सनहरू बोल्ड, इटालिक, स्ट्राइकथ्रु र मोनोस्पेस फर्म्याटङि  अप्सन पनि रहनेछन् ।

नयाँ फिचर एन्ड्रोइड, आईओएस, वेब र म्याकका सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने कम्पनीले पुस्टी गरेको छ । यी नयाँ टेक्स्ट फर्म्याटिङ  अप्सन सबै च्यानल एडमिनले चलाउन सक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप