सांसद केसीले भने, ‘संसद् अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्नुस्’
बिहीबार, १० फागुन २०८०, १२ : ३९
काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद् अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् ।बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै केसी प्रतिपक्ष संसद् चलाउने मुडमा नरहेको जस्तो आफूलाई महसुस भएको बताएका हुन् ।
उनले भने, ‘झट्ट हेर्दा प्रतिपक्ष संसद् चलाउने मुडमा छैन । पटकपटक अवरोध गर्ने मुडमा छ । मलाई लाग्दछ, संसद्को काम भनेको कानुन निर्माण गर्ने हो । एक वर्षमा एउटा कानुन निर्माण भयो । आम जनतामा असन्तोष छ । म प्रतिपक्षका साथीहरूलाई भन्न चाहन्छु, विवाद हुनसक्छ तर संसद् अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छु भन्ने अभिलाषा नराख्नुहोला ।’ सांसद केसीले संसद्को कार्यतालिका ल्याएर संसद् सञ्चालन गर्ने कुरा स्वागतयोग्य भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण