मुलुकलाई यही वर्ष पूर्ण खोप घोषणा गर्ने लक्ष्य
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षभित्र मुलुकलाई पूर्ण खोप घोषणा गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिकामा यस वर्ष देशलाई नै पूर्ण खोप घोषणा गर्ने लक्ष्य रहेको उल्लेख छ । हालसम्म ७५३ स्थानीय तहमध्ये ७२४ स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन् ।
यस्तै, ७७ जिल्लामध्ये ७२ जिल्ला पूर्ण खोप घोषणा भइसकेको सो निर्देशिकामा उल्लेख छ । हालसम्म २९ स्थानीय तह र ५ जिल्ला पूर्ण खोप घोषणा हुन सकेको छैन । घोषणाका लागि कार्य गरिरहेको सरकारी निकायले जनाएका छन् ।
निर्देशिका अनुसार सातवटा प्रदेशहरूमध्ये गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश पूर्ण खोप घोषणा भई सकेका छन् ।बागमती, मधेस र कोशी प्रदेश पूर्ण खोप घोषणा हुन बाँकी छ ।
स्थानीय सरकारको अपनत्व र नेतृत्वमा विभिन्न सरोकारवालाहरूको साझेदारी र सहयोगमा खोज र खोपको रणनीति अनुसार प्रत्येक वर्ष वडा तह देखि नै पूर्ण खोप सुनिश्चितता घोषणा र घोषणा पश्चात् दिगोपना कायम गरी सम्पूर्ण बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।
पूर्ण खोप सुनिश्चितताको लागि १६ महिना देखि २३ महिना उमेरसम्मका बालबालिकाले खोप लगाएको अवस्थाको पहिचान र विश्लेषण हुने गरेको निर्देशिकामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण