मिटरब्याज पीडितको आन्दोलनमा अनेरास्ववियुको समर्थन
बिहीबार, १० फागुन २०८०, १४ : १५
काठमाडौँ । एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले मिटरब्याज पीडितको आन्दोलनप्रति समर्थन जनाउँदै समस्या समाधानका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले बिहीबार विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितका समस्या समाधानमा सरकारलाई आग्रह गर्दै आन्दोलनप्रति समर्थन जनाएका हुन् ।
‘तत्काल मिटर ब्याज पीडितको समस्याप्रति गम्भीर बन्न र समाधानका लागि अविलम्ब पहल गर्न सरकारसँग जोडदार माग गर्दछौँ,’ अध्यक्ष बडालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पूर्वको काँकडभिट्टा र सुदूरपश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिँडेर न्याय माग्दै देशभरका मिटर ब्याज पीडितहरू न्याय माग्दै काठमाडौँ आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण