आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मिटरब्याज पीडितको आन्दोलनमा अनेरास्ववियुको समर्थन

बिहीबार, १० फागुन २०८०, १४ : १५
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले मिटरब्याज पीडितको आन्दोलनप्रति समर्थन जनाउँदै समस्या समाधानका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले बिहीबार विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितका समस्या समाधानमा  सरकारलाई आग्रह गर्दै आन्दोलनप्रति समर्थन जनाएका हुन् । 

‘तत्काल मिटर ब्याज पीडितको समस्याप्रति गम्भीर बन्न र समाधानका लागि अविलम्ब पहल गर्न सरकारसँग जोडदार माग गर्दछौँ,’ अध्यक्ष बडालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पूर्वको काँकडभिट्टा र सुदूरपश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिँडेर न्याय माग्दै देशभरका मिटर ब्याज पीडितहरू न्याय माग्दै काठमाडौँ आएका छन् ।

aneraswobiu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप