सम्बन्ध बिग्रेपछि महिलाको गोप्य फोटो र भिडियो परिवारलाई पठाउने युवक पक्राउ
काठमाडौँ । महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं. ११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा रहेका छन् ।
साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक राज अवस्थी सामाजिक सञ्जाल फेसबुकमा साथी बन्ने क्रममा पीडित महिला र थापाबिच म्यासेन्जर मार्फत गोप्य फोटो तथा भिडियो सामाग्री एक आपसमा साटासाट भएको थियो । सम्बन्ध बिग्रिए पछि थापाले ती फोटो तथा भिडियोलाई पीडितका आफन्त तथा परिवारजनमा पठाई सामाजिक तथा व्यक्तिगत जीवनमा गम्भीर असर हुने कार्य गरी चरित्र हत्या समेत गरेको अवस्थीको भनाई छ ।
कानुन बमोजिम कारबाहीका लागि पीडित महिलाले यस ब्यूरोमा दिएको उजुरीमाथिको अनुसन्धान र प्राविधिक विश्लेषणबाट थापाले सो कार्य गरेको खुल्न आएको थियो । विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी उक्त समयमा खोजतलास गर्दा फेला नपरी फरार रहेका थापालाई बुधबार काठमाडौं स्थित गोङ्गबुबाट पक्राउ गरिएको थियो । उनलाई अदालती कारबाहीको लागि सम्मानित काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण