राप्रपा नेपालले चैत १ गते काठमाडौँमा वृहत् प्रदर्शन गर्ने
बिहीबार, १० फागुन २०८०, १५ : २०

काठमाडौँ । राप्रपा नेपालले आगामी चैत्र १ गते काठमाडौँमा बृहत् जनप्रदर्शन गर्ने भएको छ । व्यवस्थाको अन्त्य गर्न, हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउन, मिटर ब्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न भन्दै प्रदर्शन गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।
बिहीबार काठमाडौँमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत्र १ गतेको मिति तय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । जनप्रदर्शनका क्रममा उपत्यकाभित्र क्षेत्रीय भेला र कोणसभाहरू हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’