साम्राज्ञी र धिरजको जोडी रहने ‘रुमानी रङ्ग’ निर्माण घोषणा
काठमाडौँ । साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको जोडी रहने रोमान्टिक सिनेमा ‘रुमानी रङ्ग’को औपचारिक निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको निर्देशन रहने सिनेमामा मार्फत साम्राज्ञी र धिरजले दोस्रो पटक पर्दामा एकसाथ रोमान्स गर्न लागेका हुन् । यसअघि दुबैले ‘इन्टु मिन्टु लन्डनमा’मा एकसाथ काम गरेका थिए ।
राजधानीमा आज एक कार्यक्रमका बिच घोषणा भएको सिनेमामा कथा/पटकथा/संवाद निर्देशक योञ्जनकै रहनेछ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा सिनेमा निर्माण हुन लागेको हो ।
सिनेमामा आविष्कार बहुसंचार प्रालिको सहकार्य रहनेछ भने अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ।
सिनेमाको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ । सिनेमाले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माणपक्षले दिएको छ। निर्माणपक्षले यसलाई रंगिन प्रेमकथा भनेको छ।
सिनेमाले सजिलोसँग तोडिने र गार्होसँग जोडिने मायालाई हसाएर, रुवाएर विदेशमा बस्ने विद्यार्थीको दुस्खसमेत देखाउनेछ।
वैशाखको पहिलो साताबाट फ्लोरमा जाने सिनेमामा महेश पौडेलको सिनेम्याटोग्राफी रहने छ । सिनेमामा जिएम ठकुरी प्रस्तुकर्ता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धामीसहितका विद्यार्थी नेता विनासर्त रिहा गर्न एमालेको माग
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण