आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
संसद

संसद् सुचारु गराउन सबै दलका सचेतकसँग सभामुख घिमिरे छलफलमा

शुक्रबार, ११ फागुन २०८०, १३ : ३७
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुचारु ढंगले अघि बढाउन सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल अघि बढाएका छन् । शुक्रवार प्रतिनिधिसभा सत्तापक्ष र विपक्षी दलका सांसदहरूको भनाभनका कारण प्रभावित भएपछि सभामुखले संवाद अघि बढाएका हुन् ।

बिहान ११ बजे बसेको बैठकमा दलका सांसदहरूबिच विवाद उत्पन्न भएपछि घिमिरेले १५ मिनेटका लागि भनेर बैठक स्थगित गरेको डेढ घण्टा बित्दा पनि बैठक सुरु हुन सकेको छैन ।  बैठक सहज रूपमा अघि बढाउनका लागि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकसँग सभामुखले छलफल गरिरहेको विज्ञ शेखर अधिकारीले जानकारी दिए । 

बैठकमा एमालेले गत पुस १३ गते बालकुमारीमा २ युवा प्रहरीको गोलीबाट मारिएको घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ । साथै सो छानबिन प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

यस्तै अख्तियारले बयान लिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम निजी कम्पनीलाई दिने प्रक्रियामा पर्यटन मन्त्री सुदन किरातीको संलग्नता रहेको भन्दै उनीहरूलाई पनि सरकारबाट हटाउन माग गर्दै आएको छ । प्रतिपक्षी दलले राखेको माग सरकारले सम्बोधन नगर्दा संसदमा गतिरोध उत्पन्न भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप