६१ वर्षीय टम क्रुजको ब्रेक अप
लस एञ्जलस । हलिउड अभिनेता टम क्रुजको ब्रेक अप भएको छ । ६१ वर्षका अभिनेता र उनकी गर्लफ्रेन्ड रसियन सोशलाइट एल्सीना खैरोभाबीच ब्रेक अप भएको हो । क्रुजले लामो समयदेखि ३६ वर्षीय खैरोभासँग डेट गरिरहेका थिए । क्रुजले फेब्रुअरी १३ मा सामाजिक सञ्जालमा खैरोभासँगको आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । उक्त घोषणा भएको १० दिनमै उनीहरुको ब्रेकअप भएको खबर बाहिर आएको छ ।
टम क्रुजले आफ्नो इन्ष्टाग्राम अकाउन्टमा खैरोभाको तस्बिर पनि डिलिट गरिदिएका छन् । यी अभिनेताको सम्बन्ध टुक्रिएको यो पहिलो पटक भने होइन । यसअघि पनि उनका कयौँ गर्लफ्रेन्ड थिए । टम क्रुजले तीन वटा बिहे गरेका थिए । तीनै जनासँग यिनले सम्बन्ध विच्छेद गरिसकेका छन् । यी विवाहबाट टम क्रुजका तीन सन्तान छन् ।
खैरोभा रुसी सोशलाइट हुन् । हिजोआज उनी लण्डनमा बस्दै आएकी छिन् । मिडिया रिपोर्टका अनुसार खैरोभा सम्पन्न राजनीतिक परिवारकी सदस्य हुन् । उनी रुसी मन्त्री रिनाट खैरोभकी छोरी भएको बताइएको छ । खैरोभाले यस अघि हिरा व्यापारी दिमित्री स्वेतकोवासँग बिहे गरेकी थिइन् । तर सन् २०२० मा उनीहरुको सम्बन्ध विचछेद भयो । खैरोभा विगतमा पनि मोडल थिइन् । मिडिया रिपोर्टका अनुसार टम क्रुज र अलेसिना खैरोभाको पहिलो भेट एउटा पार्टीमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण