संसद् सुरक्षित भएन भने अहिलेको संविधान र व्यवस्था नै असुरक्षित हुन्छ : रमेश लेखक
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिलेको संसदीय व्यवस्थाको सुरक्षा गर्न र प्रभावकारी बनाउन आग्रह गरेका छन् । शुक्रवार अपराह्न बसेको प्रतिनिधिसभाको दोस्रो बैठकको सुरुमा बोल्दै उनले संसद् कमजोर भए अहिलेको व्यवस्थामा असर पर्ने बताए ।
पहिलो बैठक अवरुद्ध भएपछि सुरु भएको दोस्रो बैठकमा प्रमुख सचेतक लेखकले भने– ‘यो संसद् जति जिम्मेवार हुन सक्यो, जति प्रभावकारी हुन सक्यो, जति गम्भीर हुन सक्यो, त्यतिकै यो व्यवस्था दीर्घजीवी हुनसक्छ । यो संविधान सुरक्षित हुनसक्छ । त्यसो भएको हुनाले यो व्यवस्थाको सुरक्षा, सुदृढीकरणका जति कुरा हामीले भनिरहेका छौँ, यो संसद्को प्रभावकारितामा भर पर्छ ।’
उनले अगाडि भने– ‘यो संसद्लाई बढी भन्दा बढी प्रभावकारी बनाऔँ किनभने नेपाली जनताले यही व्यवस्था मार्फत यही संसद्का मार्फत यो मुलुकमा दिगो शान्ति, सुशासन र दिगो विकासको अपेक्षा राखेका छन् र त्यो आशयका साथ हेरिरहेका छन् । त्यसकारण यसलाई बढीभन्दा बढी स्वस्थ, सभ्य, मर्यादित, प्रभावकारी बनाउनुपर्ने हाम्रो जिम्मेवारी हो ।’
संसद् प्रभावकारी भएन भने त्यसको प्रभाव सरकारमा पनि पर्ने र सरकारमा प्रभाव परेपछि सम्पूर्ण व्यवस्थामा प्रभाव पर्ने उल्लेख गरे । प्रमुख सचेतक लेखकले आजको पहिलो बैठकमा संसदमा असहज अवस्था आएको दृश्य दर्शक दीर्घामा विद्यालयबाट आएका विद्यार्थीले देखेको बताउँदै त्यसले उनीहरूमा कस्तो असर पर्ला भन्दै प्रश्न गरे ।
उनले संसद् राजनीतिको आधारभूत थलो रहेको बताउँदै आफ्ना धारणा राख्दा, आलोचना गर्दा संयमित भएर गर्नुपर्ने बताए । उनले संसदमा प्रतिपक्षले आलोचना गर्ने, सरकारको जवाफ माग गर्नु स्वाभाविक रहेको बताउँदै प्रतिपक्षले माग गर्यो भन्दै सत्तापक्ष आतङ्कित हुन नपर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण