आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड, तस्बिरहरू
फोटोफिचर

शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड, तस्बिरहरू

शनिबार, १२ फागुन २०८०

काठमाडौँ । आज बिहानैदेखि स्वस्थानी व्रत समापन गर्न साँखुको शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड लागेको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्ट दलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष पूजा–अर्चना गरिन्छ।

देवाधिदेव महादेवसहित स्वस्थानीको पूजा आराधना गरी अर्घ दिई विधिपूर्वक गर्नाले मनोकाङ्क्षा पूर्ण हुने विश्वास गरिन्छ। समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को सङ्ख्यामा चढाउने विधान छ। 

यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान् वा छोरा (छोरी)लाई दिई १०० रोटी ब्रतालुले खाने नियम छ।

सत्ययुगमा महादेव पति पाउन देवी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वस्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ। महादेव पति पाएपछि पार्वतीले नै यो व्रतको प्रचार गर्न लगाएको व्रत कथामा उल्लेख छ। यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १५३ श्लोकको ‘स्वस्थानी व्रत माहात्म्य’ पाठ गर्ने परम्परा छ।

swasthani (1)swasthani (2)swasthani (3)swasthani (4)swasthani (5)swasthani (6)swasthani (7)swasthani (8)swasthani (9)swasthani (10)swasthani (11)swasthani (12)swasthani (13)swasthani (14)swasthani (15)swasthani (16)swasthani (17)swasthani (18)swasthani (19)swasthani (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया