सामाजिक सञ्जाल लोकतन्त्रलाई चुनौती दिनसक्ने तहमा आइसकेको छैन- उपाध्यक्ष पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जाल लोकतन्त्रलाई चुनौती दिन सक्ने रूपमा नआएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सामाजिक सञ्जालका कारण लोकतन्त्र खतरामा पर्यो भन्ने भनाइसँग आफू सहमत नरहेको बताए । उनले सामाजिक सञ्जालबाट गलत सूचना सम्प्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भइरहेको सत्य भए पनि लोकतन्त्र नै खतरामा भने नपारेको बताए । उनले सामाजिक सञ्जालका गलत सूचनाहरू रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोसिस हुनुपर्ने बताए ।
उनले भने, ‘मलाई के लाग्छ भने यो सोसल मिडियाले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरासँग म त्यति धेरै सहमत छैन । यसले मिस कम्युनिकेसनको कुरा गरेको छ, गलत सूचना सम्प्रेषण भइरहेको छ, समाजलाई गलत गर्ने कोसिस पनि गरिएको छ । तर लोकतन्त्रलाई चुनौती दिन सक्ने तहमा यो आइसक्यो भन्ने मलाई लाग्दैन । लोकतन्त्रलाई चुनौती दिन सक्छ जस्तो लाग्दैन । यद्यपि यसका प्रभावको बारेमा छलफल गर्नुपर्छ । त्यसबाट हामीले हाम्रो सोसाइटीलाई जोगाउने कोसिस गर्नुपर्दछ ।’
उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल, ई आई, आइटीको दुरुपयोग हुनसक्ने भए सदुपयोग हुनसक्छ कि सक्दैन ? भन्ने प्रश्न गरे । उनले राजनीतिक दलहरू वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा उभिनुपर्ने बताए । उनले कसैले पनि प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्नु नहुने बताए । उनले लोकतन्त्रको प्राण नै आलोचना भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण