सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार, १३ फागुन २०८०, ११ : १३
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज मूल्य बढेर कारोबारमा आएको हो ।

मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्यमा समेत वृद्धि आएको छ ।

महासंघले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको जनाएको छ । आज चाँदीको कारोबार मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप