गृह राज्यमै ट्रम्पबाट पराजित भइन् निक्की हेली
वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन दलको उमेदवारका रुपमा छानिने एक कदम नजिक पुगेका छन् । निक्की हेलीको गृह राज्य दक्षिण क्यारोलिनामा ट्रम्पले ठुलो मतअन्तरका साथमा प्राइमरीमा हेलीलाई हराएका छन् ।
‘हामी जो बाइडेनको आँखामा आँखा मिलाउनेछौं ।’ शनिबार राति प्राइमरीको नतिजा घोषणा भएपछि उनले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै भने । बाइडेनले अमेरिकालाई ध्वस्त पारिरहेको भन्दै उनलाई ‘बाहिर जाउ जो, तिमी बर्खास्त भयौं’ भन्ने पनि उनले बताए ।
शनिबारको जितपछि उनले पार्टी एकताको पनि खुलेर प्रशंसा गरेका थिए । रिपब्लिकन दल यस अघि यत्तिको एकताबद्ध आफूले कहिले नदेखेको ट्रम्पको भनाई थियो । हेली २ पटक दक्षिण क्यारोलिनाको गभर्नर भइसकेकी छिन् । आफूले ४० प्रतिशत मत पाएको र यो सानो मत नभएको भन्दै हेलीले उमेदवार चयनको दौडमा आफू रहिरहने वाचा गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण