ठाकुर पक्षधर नेता भन्छन्, ‘पद छाड्ने सुझावको कुनै तुक छैन’
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव केशव झाले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको सुझावको कुनै तुक नरहेको अध्यक्ष ठाकुर पक्षधरका नेताहरूले बताए । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर पार्टीका महासचिव केशव झाले आजै लोसपाका अध्यक्ष ठाकुरलाई पार्टीको नेतृत्व अरूलाई सुम्पिनेसहितको सुझाव पत्र बुझाएका हुन् ।
लोसपाका अर्का महासचिव डा.सुरेन्द्रकुमार झाले पार्टीको कुनै एउटा नेताले पार्टीका अध्यक्षलाई यसरी एक्लै भेटेर सुझाव दिने भन्दा त्यस्ता सुझावहरू पार्टीको बैठकहरूमा सामूहिक रूपमा दिनुपर्ने बताए । ‘एक्लै गएर अध्यक्षलाई सुझाव दिएर आफ्नो लागि पद माग्ने राम्रो होइन । पार्टीको आफ्नो सिस्टम, पद्धति छ, सो पद्धति अनुसार सुझाव दिनुपर्छ,’ उनले भने, ‘पार्टीका महासचिव वा अरू कुनै नेताले अध्यक्षलाई यसरी घरमै गएर लिखित रूपमा सुझाव दिनु पार्टीको मर्यादा भित्र पर्दैन ।’
‘पार्टीलाई नेताले मात्र होइन, जनताले पनि विभिन्न सुझाव दिएका हुन्छन् । तर पार्टीको नेता आम जनताजस्तो होइन,’ पार्टीभित्रको असन्तुष्टि पार्टीलाई दिनुपर्ने उनले सुझाए ।
पार्टीको नेतृत्व कसैलाई लिनुछ भने महाधिवेशनमार्फत आउनुपर्ने बताउँदै महासचिव झाले २०८१ भित्र पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेको बताए । बरु पार्टीको महाधिवेशन छिटो गराउनका लागि नेतृत्वलाई दबाब दिएर महाधिवेशनबाट नै नेतृत्व परिवर्तनका लागि बहस गर्नुपर्ने उनले बताए ।
फागुनको अन्तिम साता मधेस प्रदेशमा लोसपाको केन्द्रीय समितिको बैठक बस्ने र सो बैठकबाट पार्टीको महाधिवेशनको बारेमा टुङ्गो लगाइने उनले बताए । लोसपाले पार्टीलाई सांगठनिक रूपमा व्यवस्थित बनाउन विभिन्न कार्यदलहरू गठन गरेको थियो । कार्यदलले आ-आफ्नो प्रतिवेदन तयार गरिसकेका छन् । ती प्रतिवेदनहरूको बारेमा केन्द्रीय समितिको बैठकमा छलफल गरी पारित गरेर कार्यान्वयनमा ल्याउने महासचिव झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण