इटलीमा ६०-७० वर्षका चोरहरूको ग्याङ पक्राउ

रोम । रोमका प्रहरीहरूले ६० र ७० वर्ष उमेर समूहका चोरहरूलाई समातेका छन् । सहरभरका हुलाक कार्यालयहरूमा यो वृद्ध चोर समूहले तोडफोड गरेर चोरी गर्दै आएका थिए । प्रहरीले समातेका ७० वर्षका इतालो डे विट, ६८ वर्षका सान्द्रो बारुज्जो र ७७ वर्षका रानिएरो पुला झट्ट हेर्दा समातिएका चोरहरू खुँखार अपराधी हुन् भन्दा कसैले पत्याउन्नन् ।
यिनीहरू तीनै जना कसैलाई केही हानी पुर्याउनै नसक्ने हजुरबुबा जस्ता देखिन्थे । तर उनीहरूको बाहिरी रूप झुक्याउने खालको छ । यी तीन जना रोमका हुलाक कार्यालयमा लुटपाट गर्ने सशस्त्र हतियारधारी निर्दयी चोर समूहका नाइके हुन् । यो समूहका अन्य सदस्यमा अन्य तीन विज्ञ, एक जना नक्कली चाबी बनाउने व्यक्ति र अन्य दुई भने भित्तामा खनेर दुलो बनाउने व्यक्ति छन् । यो समूहका सबैको आपरधिक रेकर्ड छ ।
तीन जना नाइकेको सन् १९७० को दशकदेखिको चोरीको रेकर्ड छ । गएको वर्ष मेमा एउटा हुला कार्यालयमा लुटपाट भएपछि प्रहरीले यसबारे छानबिन सुरु गरेको थियो । विभिन्न कारण हुलाक कार्यालयमा चोरीको योजनाहरू टरेपछि नोभेम्बर ६ मा प्रहरीले यस समूहका सदस्यहरूलाई समातेको थियो । यो ग्याङका तीन जना नाइके यति बेला ४ वर्षको जेल सजाय भोगिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिगकाे फाइनलमा पुग्यो पोर्चुगल
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री