बागमती प्रदेश : हेटौँडामा सर्वदलीय बैठक
हेटौँडा । बागमती प्रदेश सर्वदलीय बैठक सुरु भएको छ । प्रदेशसभा बैठक सञ्चालनको लागि सभामुख भुवनकुमार पाठकले आइतबार २ बजेका लागि सर्वदलीय बैठक बोलाए पनि एकघण्टा ढिला गरी बैठक सुरु भएको हो ।
बैठकमा सभामुख पाठकसहित मुख्यमन्त्री शालिकराम जम्कट्टेल, उपसभामुख अप्सरा चापागाईं, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, प्रमुख सचेतक मधुसुदन पौडेल, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता एवम् उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकाल छन् ।
त्यस्तै राप्रपा संसदीय दलका नेता उद्धव थापा, हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य सहभागी बैठकले सत्तापक्ष र प्रतिपक्षबिचको विवाद समाधान गर्ने बताइएको छ । सहमतिअनुसार सरकारले बजेट कार्यान्वयन नगरेको तथा सरकार सुशासनका काममा केन्द्रित नभएको भन्दै प्रमुख प्रतिपक्ष दलले आक्रोश पोख्दै आएको छ । सहमतिविनै प्रदेशसभा बैठक बोलाए अवरोध हुने भएपछि सहमति जुटाउन सभामुखको पहलमा सर्वदलीय बैठक बोलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण