इजरायली राजदूतावास अगाडि एक व्यक्तिद्वारा आत्मदाह
वासिङ्टन । अमेरिकाको वासिङ्टन डिसी स्थित इजरायली दूतावास अगाडि एक व्यक्तिले आत्मदाह गरेका छन् । यो घटना आइतबार स्थानीय समय अनुसार दिउँसो एक बजे भएको हो ।
अमेरिकी सुरक्षा अधिकारीहरूले आगो निभाउँदै ती व्यक्तिलाई अस्पताल पुर्याएका थिए । सहरको फायर डिपार्टमेन्टले उनको अवस्था नाजुक रहेको बताएको छ । घटनाबारे वासिङ्टनको प्रहरीका साथै गुप्तचर विभागले अनुसन्धान गरिरहेको छ । यता इजरायलको विदेश मन्त्रालयले आत्मदाह गर्ने व्यक्तिलाई दूतावासका कर्मचारीको पहिचानको नभएको विज्ञप्ति प्रकाशित गरेको छ ।
घटनापछि ती व्यक्तिले प्रयोग गरेको गाडीमा सम्भावित विस्फोटक पदार्थ हुनसक्ने आशङ्कामा बम डिस्पोजल टोली पनि पठाइएको थियो । तर, त्यहाँ कुनै त्यस्तो वस्तु फेला परेन । घटनामा दूतावासका कर्मचारी सुरक्षित रहेको त्यहाँका प्रवक्ताले जानकारी दिएकी छन् ।
इजरायली दूतावास अगाडि आत्मदाहको प्रयास भएको यो पहिलो अवसर भने होइन । यसअघि गत डिसेम्बरमा जर्जियाको इजरायली कन्सुलेट अगाडि एक प्रदर्शनकारीले आत्मदाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण