छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
सुर्खेतको सिम्ता गाउँपालिका-६ जामुने बजारस्थित सडकमा भे.२ त ५४ नम्बरको ट्याक्टर र बा.९५ प ५२९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक बस्ने २८ वर्षीय विजय रानाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मेहलकुना अस्पताल हुँदै थप उपचारको लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कपिलवस्तुको शिवराज नगरपालिका-२ हेलौडिहवास्थित सडकमा हाल नम्बर नखुलेको टिपरले लु.२७ प १०१० नम्बरको मोटरसाइकललाई आइतबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने भागिरथी यादवको छोरा १४ वर्षीय सुग्रिम यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता दाङको घोराही उपमहानगरपालिका-१६ सर्रास्थित सडकमा रा.४ प ६१७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रोल्पा माडी गाउँपालिका-६ घर भई दाङ घोराही उपमहानगरपालिका-१४ बसपार्क बस्ने १७ वर्षीय नविन घर्तीमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै बाँकेको कोहलपुर नगरपालिका-४ किरणनालास्थित सडकमा भे.१ ज १२०७ नम्बरको म्याजिकको ठक्करबाट पैदलयात्री कोहलपुर नगरपालिका-३ बस्ने ७२ वर्षीया कौशिल्या शाहीको मृत्यु भएको छ । आइतबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका म्याजिकमा सवार ५ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् भने २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण