काठमाडौँसहित देशका विभिन्न स्थानमा चारजना मृत फेला
काठमाडौँ । देशका विभिन्न जिल्लाहरुमा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित टहराको पेटीमा मोरङ पथरीशनिश्चरे-१० घर भएका ४७ वर्षीय देवराज गौतम आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी नुवाकोटको बिदुर नगरपालिका-७ तुप्चे बस्ने ४८ वर्षीय थंक बहादुर सुबेदी किस्पाङ गाउँपालिका-५ जयडाँडास्थित सोले काउले लामीडाँडा भिरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । झापाको अर्जुनधारा नगरपालिका-५ बस्ने ४१ वर्षीय लब लाल राजबंशी बिर्तामोड नगरपालिका-२ साङ्गबेद टोलस्थित आफ्नै काका मलिक लाल राजबंशीको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यता कालिकोट, शुभकालिका गाउँपालिका-२ भर्तागार्ड खोलाको भुनछहरा दहमा सोही गाउँपालिका-३ पर्जै बस्ने ३७ वर्षीय प्रेम मगर आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण