शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँसहित देशका विभिन्न स्थानमा चारजना मृत फेला

सोमबार, १४ फागुन २०८०, १२ : ५४
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । देशका विभिन्न जिल्लाहरुमा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित टहराको पेटीमा मोरङ पथरीशनिश्चरे-१० घर भएका ४७ वर्षीय देवराज गौतम आइतबार मृत अवस्थामा फेला परेका हुन् । 

यसैगरी नुवाकोटको बिदुर नगरपालिका-७ तुप्चे बस्ने ४८ वर्षीय थंक बहादुर सुबेदी किस्पाङ गाउँपालिका-५ जयडाँडास्थित सोले काउले लामीडाँडा भिरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।  झापाको अर्जुनधारा नगरपालिका-५ बस्ने ४१ वर्षीय लब लाल राजबंशी बिर्तामोड नगरपालिका-२ साङ्गबेद टोलस्थित आफ्नै काका मलिक लाल राजबंशीको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

यता कालिकोट, शुभकालिका गाउँपालिका-२ भर्तागार्ड खोलाको भुनछहरा दहमा सोही गाउँपालिका-३ पर्जै बस्ने ३७ वर्षीय प्रेम मगर आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप