सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

कालिकोटको सुनथराली विमानस्थलमा प्लेन हेर्न गाउँलेहरूको भीड (तस्बिरहरू)

रक्षा मन्त्री खड्काले उद्घाटन गरे विमानस्थल
सोमबार, १४ फागुन २०८०, १३ : ०८
सोमबार, १४ फागुन २०८०

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–१, कोटबाडास्थित सुनथराली विमानस्थलमा ०३८ वर्षपछि जहाज पुग्यो ‌। आइतबार दोस्रो पटक परीक्षण उडान भएसँगै सोमबार औपचारिक रूपमा उद्घाटन भएको छ।

उद्घाटनका लागि उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, पर्यटन मन्त्री सुदन किराँती, कर्णाली सरकारमा मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, कालिकोटबाट प्रदेश तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरू सहभागी भएका छन्।

suntharali-airport (1)

सुर्खेत विमानस्थलबाट नेपाल एयरलाइन्स र तारा एयरलाइन्सका दुईवटा जहाजबाट उनीहरू सुनाथराली पुगेका हुन् । जहाज र अतिथिलाई स्थानीयले दमाहा बजाएर तामझामका साथ स्वागत गरेका थिए ।

निर्माण सुरु भएको ३८ वर्षपछि जहाज आएपछि यहाँका हजारौँ नागरिकहरू जहाज हेर्न आएका छन्। विमानस्थलको भित्तामा बसेर हजारौँ नागरिकहरू जहाज आएकोप्रति खुसी व्यक्त गरिरहेका छन्। स्थानीय ७० वर्षीय गजे विष्ट भन्छन्, ‘हाम्रो वर्षौँदेखिको प्लेन हेर्ने चाहना पुरा भएको छ।’ विमानस्थल निर्माणको काम ०४२ सालबाट सुरु भएको थियो।

suntharali-airport (2)

०५८ सालमा यो विमानस्थल निर्माणमा खटिएका ३६ जना मजदुरको तत्कालीन शाही नेपाली सेनाले माओवादी भएको आरोप लगाई हत्या गरेको थियो । मृत्यु‌ हुनेमा धादिङको जोगिमराका १७ र बाँकी स्थानीय गरी ३६ जना रहेका थिए । 

यो विमानस्थलको ०७३ साल माघमा   पहिलो पटक जहाज परीक्षण गरिएको थियो । त्यो बेला कालोपत्रे भएको थिएन ।

०७८–०७९ मा कालोपत्रे भएसँगै ०३८ वर्षपछि उद्घाटन भएको हो । यद्यपि यहाँ हवाई जहाज नियमित हुने नहुने विषयमा भने नागरिकहरूले आशङ्का व्यक्त गरेका छन्।

suntharali-airport (3)suntharali-airport (4)suntharali-airport (5)suntharali-airport (6)suntharali-airport (7)suntharali-airport (8)suntharali-airport (9)suntharali-airport (10)suntharali-airport (11)suntharali-airport (12)suntharali-airport (13)suntharali-airport (14)suntharali-airport (15)suntharali-airport (16)suntharali-airport (17)suntharali-airport (18)suntharali-airport (19)suntharali-airport (20)suntharali-airport (21)suntharali-airport (22)suntharali-airport (23)suntharali-airport (24)suntharali-airport (25)suntharali-airport (26)suntharali-airport (27)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप