सत्ता पक्ष र विपक्षबिचको सहमति कार्यान्वयन गर्न नसकिने कर्मचारीहरुको जिकिर

मकवानपुर । बागमती प्रदेशमा बजेट भागबण्डाबारे देखिएको विवादबारे मंगलबार सर्वदलीय बैठकमा छलफल भइरहेको छ ।
छलफल अन्तर्गत पहिलो चरणमा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरुले बजेटका सम्बन्धमा सत्ता पक्ष र विपक्षबिच भएको सहमति र त्यसको कार्यान्वयनमा देखिएका जटिलताबारे प्रकाश पारेका थिए ।
सर्वदलीय बैठकमा प्रदेश सरकारका मुख्य सचिव घनश्याम उपाध्याय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानुन सचिव विनोद भट्टराई, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रकाश दाहाल, सोही मन्त्रालयका उपसचिव लक्ष्मीकुमार रिमाल सहभागी थिए ।
स्रोतका अनुसार सर्वदलीय बैठकमा कर्मचारीका तर्फबाट सत्तापक्ष र विपक्षीबिच भएको सहमति कार्यान्वयन गर्न प्रक्रियागत रुपमा हुने जटिलता प्रस्ट पारिएको थियो । उनीहरुले संसदबाट पारित भइसकेको बजेटमा आपसी सहमतिका आधारमा संसद बाहिर रहेर गरिएको फेरबदल कार्यान्वयन गर्न नसकिने प्रस्ट पारेका थिए ।
आफ्ना धारणा राखेर कर्मचारीहरु बैठक स्थलबाट बाहिरिएका छन् भने दलहरुबिच छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
यसरी फिर्ता हुँदै छ लिच्छविकालीन इखा पुखु (तस्बिरहरू)
-
रुपन्देहीमा पेस्तोलसहित दुई युवा पक्राउ
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै