सत्ता पक्ष र विपक्षबिचको सहमति कार्यान्वयन गर्न नसकिने कर्मचारीहरुको जिकिर
मकवानपुर । बागमती प्रदेशमा बजेट भागबण्डाबारे देखिएको विवादबारे मंगलबार सर्वदलीय बैठकमा छलफल भइरहेको छ ।
छलफल अन्तर्गत पहिलो चरणमा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरुले बजेटका सम्बन्धमा सत्ता पक्ष र विपक्षबिच भएको सहमति र त्यसको कार्यान्वयनमा देखिएका जटिलताबारे प्रकाश पारेका थिए ।
सर्वदलीय बैठकमा प्रदेश सरकारका मुख्य सचिव घनश्याम उपाध्याय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानुन सचिव विनोद भट्टराई, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रकाश दाहाल, सोही मन्त्रालयका उपसचिव लक्ष्मीकुमार रिमाल सहभागी थिए ।
स्रोतका अनुसार सर्वदलीय बैठकमा कर्मचारीका तर्फबाट सत्तापक्ष र विपक्षीबिच भएको सहमति कार्यान्वयन गर्न प्रक्रियागत रुपमा हुने जटिलता प्रस्ट पारिएको थियो । उनीहरुले संसदबाट पारित भइसकेको बजेटमा आपसी सहमतिका आधारमा संसद बाहिर रहेर गरिएको फेरबदल कार्यान्वयन गर्न नसकिने प्रस्ट पारेका थिए ।
आफ्ना धारणा राखेर कर्मचारीहरु बैठक स्थलबाट बाहिरिएका छन् भने दलहरुबिच छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण