छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
झापाको कनकाई नगरपालिका-८ खाडिबस्तीस्थित सडकमा मे.१ त ११५१ नम्बरको ट्याङ्करले प्रदेश १-०१-०१३ प २५१३ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सागर मिश्रको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता सर्लाहीको कौडेना गाउँपालिका-३ स्थित सडकमा एसआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र बिआर ०६ सिवाई ५०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका-६ बस्ने २३ वर्षीय सियानन्दन महतो र १९ वर्षीय अजय महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको वीरगन्ज हेल्थ केयर अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार स्कारपियो चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण