सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
भजन शिरोमणिको अन्तिम बिदाइ, तस्बिरहरू हेर्नुहोस्
अलबिदा

भजन शिरोमणिको अन्तिम बिदाइ, तस्बिरहरू हेर्नुहोस्

मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोरा गायक सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् ।

आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि बिमारी रहेका थिए । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् । स्वरसम्राट नारायण गोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । 

मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत उनका गीत लोकप्रिय छन् ।

यसअघि आचार्यको पार्थिव शरीरलाई मंगलबार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । 

bhaktaraj acharya (1)bhaktaraj acharya (2)bhaktaraj acharya (3)bhaktaraj acharya (4)bhaktaraj acharya (5)bhaktaraj acharya (6)bhaktaraj acharya (7)bhaktaraj acharya (8)bhaktaraj acharya (9)bhaktaraj acharya (10)bhaktaraj acharya (11)bhaktaraj acharya (12)bhaktaraj acharya (13)bhaktaraj acharya (14)bhaktaraj acharya (15)bhaktaraj acharya (16)bhaktaraj acharya (17)bhaktaraj acharya (18)bhaktaraj acharya (19)bhaktaraj acharya (20)bhaktaraj acharya (21)bhaktaraj acharya (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया