नियम संशोधन गरेर भएपनि धरानमा विमानस्थल बनाउने हर्क साम्पाङको घोषणा
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नियम संशोधन गरेर भएपनि धरानमा विमानस्थल बनाउने घोषणा गरेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिकामा विमानस्थल बनाउने गरी मेयर साम्पाङले जोडबल गरिरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय हवाई नीति, २०६३ लाई देखाउँदै प्राविधिक तथा व्यवहारिक रुपमा समेत सो स्थानमा विमानस्थल निर्माणको सम्भावना नरहेको बताएको छ । मेयर साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नियम संशोधन गरेर भएपनि विमानस्थल बनाउने बताएका हुन् ।
‘तेरो नियम संशोधन गरेर भएपनि विमान स्थल बनाउनेछौँ ! ज्यादा नखोक् ! संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु...’ उनले लेखेका छन् । संविधान संशोधन गर्न सकिने भन्दै उनले हवाई नीति पनि परिवर्तन गरेर धरानमा विमानस्थल बनाइ छाड्ने मेयर साम्पाङले घोषणा गरेका छन् ।
तर यता नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय हवाई नीति, २०६३ अनुसार ‘तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’नीतिगत व्यवस्था भएको र उक्त क्षेत्रको आर्थिक विश्लेषण पश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वान वे अप्रोच मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको निष्कर्ष निकाल्दै उक्त स्थानमा विमानस्थल निर्माणका लागि फिजिबल नभएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण