बागमतीमा पूरक बजेट ल्याउन माग
हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पूरक बजेट ल्याउन सरकारसँग माग गरेका छन् । मंगलबार बसको प्रदेशसभाको बैठकमा बोल्दै नेता थपलियाले पूरक बजेट ल्याएर प्रतिपक्षको माग सम्बोधन गर्न आग्रह गरे ।
राजनीतिक नेतृत्वले कमी कमजोरी सुधार गरेर अघि बढ्नु पर्ने उनले बताए । हाल प्रदेश सरकारको विकास बजेट खर्च १६ प्रतिशत रहेको र जेठसम्ममा ५० प्रतिशत पुग्न सक्ने देखिएको उनको भनाई छ । सो अवस्थाबाट माथि उठ्न प्रतिपक्षलाई बजेट दिएर अघि बढ्नु पर्ने उनले बताए ।
‘पूरक बजेट ल्याएर प्रतिपक्षका माग सम्बोधन गर्नुपर्छ । सरकारले छिट्टै पूरक बजेट ल्याउन माग ल्याउन आग्रह गर्दछु,’ उनले भने, ‘सरकारको हाल १६ प्रतिशत खर्च गरेको छ । जेठसम्ममा ५० प्रतिशत पुग्ला । यो अवस्थामा प्रतिपक्षलाई बजेट दिएर अघि बढ्दा के बिग्रन्छ । बजेट खर्च बढ्ने न हो ।’
एमालेले सबै सांसद बराबर हुन् भन्ने स्थापित गर्न खोजिएको उनले बताए । प्रदेशका नागरिकलाई समान रूपमा हेरेर बजेट विनियोजन गरिनु पर्ने उनको भनाई छ । सरकारको विगतमा गरेका कमी कमजोरी सुधार गरेर अघि बढ्नु पर्ने उनले बताए । उनले कर्मचारीलाई देखाएर सरकारले कमीकमजोरी ढाक्न खोजेको आरोप लगाए । उनले ६०/७० करोड रुपैयाँको बजेटको विषय मात्र नभएको उनको भनाई छ । एमालेले उठाएका विषय राजनीतिक इमानदारिताको भएको उनले प्रस्ट पारे ।
‘कर्मचारीको इशारामा मन्त्री चलेर हुन्छ । आफ्ना कमजोरी ढाक्न प्रतिपक्षलाई आरोप लगाउन पाइन्न । कर्मचारीलाई देखाएर काम नगर्ने र निरीह बन्नु भएन नि ? अमुक कर्मचारीलाई देखाएर काम गर्न नखोज्न पाइन्न । संसद् सञ्चालनमा धेरै त्रुटि देखिएको छ । सरकारले संसद् बैठक बस्ने विषयमा सरकार कञ्जुस्याइँ गरिरहेको छ । संसद् प्रयोगशाला बन्नु हुँदैन । सार्वजनिक थलो बन्द गरेर अघि बढ्न सकिन्न,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण