संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा गम्भीर प्रकारका चुनौती देखिए : सचेतक ढकाल
काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न प्रसाद ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा निकै गम्भीर प्रकारका चुनौती देखिएको बताएका छन् । उनले संघीयता र प्रदेश सरकारहरु असफल बनाउने शक्तिहरु लागि रहेका बताए ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै उनले सरकारलाई अंकुश ल्याउनका लागि संवैधानिक आयोगहरुलाई उक्साउन खोजिएको बताए । सार्वभौम संसद्ले गरेको निर्णय कार्यान्वयनका सम्बन्धमा संवैधानिक अंगहरुले अंकुश लगाउने काम भएकाले त्यसतर्फ ध्यान जानुपर्ने उनले बताए ।
उनले आवश्यकताका आधारमा विकास बजेट विनियोजन र समानुपातिक विकास प्रणाली निर्माण गर्नुपर्ने बताए । सरकारले त्यसतर्फ अग्रसरता देखाउनु पर्ने र प्रतिपक्षले त्यसमा सघाउन जरुरी रहेको उनको भनाई छ । संसदमा उभिएर सांसदहरुले बजेट माग गर्ने परिस्थिति अन्त्य गर्नुपर्ने उनले बताए ।
उनले प्रदेश सरकार नयाँ ढंगबाट विकासको गतिमा अग्रसर भएको बताए । प्रदेश सरकारले ५ वर्षे नीति निर्माण गरेर गुरुयोजना ल्याएर अघि बढिरहेको उनको भनाई छ । सरकार शिक्षा, स्वास्थ्य विकास निर्माणमा ५ वर्षे रणनीति लिएर अघि बढिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण