सरकारमा बेकामे र अनैतिक भएर बस्नुभन्दा राजीनामा दिन गोसाईंको सुझाव
काठमाडौँ । नेमकीपा बागमती प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले सरकारमा बेकामे र अनैतिक भएर बस्नुभन्दा राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सुझाव दिएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै नेता गोसाईंले प्रदेश सरकारले बेकामे र अनैतिक भएर पदमा बसिरहनुभन्दा राजीनामा दिएर स्वास्थ्यलाभ गर्न घर बस्नु उपयुक्त हुने बताए ।
‘राजनीतिमा दिएको वचन पूरा गर्न सकिएन, जनताको पक्षमा कामनै गर्न सकिएन, बारम्बार हात उठाउनुपर्ने स्थिति आयो र आफू मातहतका कर्मचारीलाई समेत तह लगाउन सकिएन भने एउटा सरल उपाय बाँकी रहन्छ । त्यो हो– राजीनामा,’ उनले भने ।
प्रदेश सरकारले बारम्बार झुक्याउने खेल खेलिरहेको उनले बताए । प्रदेश सरकारले बारम्बर झुक्याउँदा ‘बाघ आयो, बाघ आयो’ भन्ने ठग गोठालोको कथा प्रतिविम्ब गरिरहेको उनको भनाई छ । राजनीतिक बेइमानी धेरै दिन टिक्दैन भन्ने विषय प्रदेश सरकारलाई हेक्का राख्नुपर्ने उनले बताए ।
राजनीति इमानदारी, नैतिकता, विचार तथा सिद्धान्तमा आधारित रहने र राजनीति राजनीति बन्ने अवस्था आउँदा अपराध कर्म र ठगीनीति बन्ने उनले बताए । सिद्धान्त एउटा व्यवहार अर्को र सरसंगत झनै अर्को हुँदा राजनीतिक कार्यकर्तालाई सबैभन्दा गाह्रो अवस्था आउने उनले बताए । शासक दलहरु राजनीतिसँग जिस्किरहेको उनले टिप्पणी गरे । देशमा गम्भीर राजनीतिक तथा आर्थिक सङ्कटमा बढ्दै गएकोले देश कसले चलाउँदै छन् भन्ने प्रश्न खडा भएको उनले बताए । प्रदेश सरकार आफूसँग भएको विकास बजेटसमेत खर्च गर्ने ल्याकत नरहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण