आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

मङ्गलबार, १५ फागुन २०८०, २१ : ०२
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौँ संस्करण चैत १३ गतेदेखि हुने भएको छ ।

आयोजक कमिटीका संयोजक सञ्जीव तुलाधरले पुरुषमा ७ र महिलामा ६ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । तीन विभागीय टोली (प्रहरी/आर्मी/एपीएफ) र सातै प्रदेशबाट करिब १ सय ५० खेलाडीको सहभागिता रहने छ ।

प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई २५ हजार, १५ हजार ७.५/७.५ हजार नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट पुरुष/महिला खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ५० लाख सहयोग गर्ने छ । पाँचदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने छ ।

बक्सिङ महासंघका अध्यक्ष राम अवालेले प्रतियोगितालाई सफल र भव्य रुपमा सम्पन्न गर्न सबै साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

सोही अवसरमा कमिटीकै आयोजनामा चौथो वीर गणेशमान सिंह १० किमि दौड वैशाख १५ गते हुने पनि जानकारी गराइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप