राप्रपाको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा लोहनी, मिश्र र राणाले प्रशिक्षण दिने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधवार प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको छ । आगामी चैत दोस्रो साताबाट सुरु हुने राजधानी केन्द्रित आन्दोलनको तयारीस्वरुप आन्दोलन परिचालन समितिले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
आन्दोलनलाई सशक्त ढङ्गले सञ्चालन गर्न प्रशिक्षण कार्यक्रम गर्न लागिएको र कार्यक्रममा देशभरबाट १०१ जना सहभागी रहने आन्दोलन परिचालन समितिका सदस्य जनकराज पाठकले जानकारी दिए । राप्रपाको आन्दोलन परिचालन समितिको संयोजकमा भने महामन्त्री डा धवल शमशेर राणा रहेका छन् ।
प्रशिक्षणमा पार्टीको सैद्धान्तिक पक्षबारे पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, आन्दोलनको आवश्यकताबारे उपाध्यक्ष रवीन्द्र मिश्र र आन्दोलनको सम्पूर्ण प्राविधिक पक्षबारे महामन्त्री राणाले प्रशिक्षार्थीलाई प्रशिक्षण गराउने पाठकको भनाइ छ ।
राजधानीमा हुन लागेको प्रशिक्षण कार्यक्रमपछि फागुन २३ गतेभित्र सबै जिल्लामा र २८ गतेभित्र वडा तहसम्म प्रशिक्षणको कार्यक्रम चल्ने बताइएको छ । सो लगत्तै आन्दोलनको विभिन्न कार्यक्रमहरू सार्वजनिक गरिने पाठकको भनाइ छ ।
राप्रपाले हिन्दु अधिराज्य, राजसंस्था र प्रदेश खारेजी लगायतका ४० बुँदे मागहरू यसअघि फागुन ९ मै प्रधानमन्त्रीलाई बुझाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण