निर्माणस्थलमा आक्रमण हुँदा पाकिस्तानमा ९ प्रहरीको मृत्यु
इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारी समूहले गरेको आक्रमणमा कम्तीमा नौ जना प्रहरीको मृत्यु भएको छ भने केही प्रहरी अझै बेपत्ता रहेका छन् ।
बीबीसी उर्दूका अनुसार आक्रमण जियारत जिल्लास्थि अर्बौ रुपैयाँ लागतको माङ्गी बाँध निर्माणस्थलको सुरक्षा गरिरहेका प्रहरीमाथि भएको हो । जिल्ला प्रमुख अब्दुल कुद्दुस अचकजाईले आक्रमणमा दुई वरिष्ठ प्रहरी अधिकारीसहित नौ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
उनले बेपत्ता सुरक्षाकर्मीको खोजीका लागि सुरक्षा निकायले व्यापक अभियान सञ्चालन गरिरहेको बताए । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
बलुचिस्तान प्रशासनका अनुसार घटनापछि जियारत क्षेत्रमा सञ्चालन गरिएको सुरक्षा कारबाहीका क्रममा पाकिस्तानी तालिबान (टीटीपीका १५ जना लडाकु मारिएका छन् । घटनापछि आक्रमणको विरोधमा घटनास्थल नजिकैको राष्ट्रिय राजमार्गमा प्रदर्शनसमेत गरिएको छ । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले आक्रमणको निन्दा गर्दै ज्यान गुमाएका प्रहरीलाई राष्ट्रको गौरव भएको बताएका छन् ।
माङ्गी बाँध क्वेट्टा सहरमा देखिएको पानी अभाव समाधान गर्न निर्माण भइरहेको आयोजना हो । अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तमा दशकौँदेखि अशान्ति जारी छ । त्यहाँ सक्रिय विभिन्न सशस्त्र समूहहरूले पाकिस्तान सरकारसँग बढी स्वायत्तताको माग गर्दै आएका छन् । गत मे महिनामा बलुचिस्तान लिबरेशन आर्मी (बीएलए)ले सैनिक बोकेको रेलमाथि गरेको आक्रमणमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
-
भागबण्डा मिलेपछि गण्डकी प्रज्ञा प्रतिष्ठानले पूर्णता पायाे
-
स्वास्थ्यमन्त्रीविरूद्ध टिप्पणी गरेका अधिकारी भन्छन्, ‘श्रम शोषणको आवाज दबाउन पक्राउ गरियो’
-
अर्जेन्टिनाको इतिहासमाथि धावा बोल्ने इजिप्टको सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण