खानेकुराको सट्टामा उत्तर कोरियाले रुसलाई दियो ३५ लाख तोपगोला
सोल । उत्तर कोरियाले खानेकुराको सट्टामा रुसलाई लाखौंको संख्यामा तोपगोला दिएको छ । दक्षिण कोरियाका रक्षा मन्त्री शिन वोन्सिकले मंगलबार पत्रकारहरूलाई यस्तो बताएका छन् । शिनका अनुसार सेप्टेम्बरयता उत्तर कोरियाले रुसतर्फ दशौं लाख तोपगोला बोकेका ६ हजार ७०० ओटा कन्टेनर पठाएको थियो ।
यी कन्टेनर रुसले दिएको खाद्य वस्तु र हतियार बनाउन चाहिने कच्चा पदार्थको बदलामा पठाइएको बताइएको छ । यी कन्टेनरमा १५२ एमएमको ३० लाख थानभन्दा धेरै तोपगोला र १२२ एमएमका ५ लाख थानभन्दा धेरै तोपगोला थिए ।
मन्त्रीले यो सूचना कहाँबाट आयो भन्ने चाँहि बताएका छैनन् । कच्चा पदार्थ र बिजुलीको अभावका कारण अहिले उत्तर कोरियाका हातहतियार बनाउने कारखाना क्षमताको ३० प्रतिशत मात्रै सञ्चालन भइरहेका छन् ।
तर रुसलाई तोपगोला पठाउने कारखानाहरू भने पूरै क्षमतामा चलिरहेको उनको भनाई छ । रुसले पठाएको सामानमा खाद्यान्नको अुनपात धेरै भएको मन्त्री शिनको दाबी छ ।
प्योङयोङले मस्को पठाएको जहाजको तुलनामा रुसबाट आएका जहाजको आयतन ३० प्रतिशत ठूलो भएको पनि उनले बताएका छन् । हालैका वर्षमा रुस र उत्तर कोरिया नजिकिएका छन् ।
सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोङ उनले रुसको भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण