राष्ट्रियसभा अध्यक्षमा एमालेलाई छैन चासो
काठमाडौँ । फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा तँछाडमछाड चले पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा भने यसबारे कुनै चासो देखाएको छैन । सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा दाबी गरिरहँदा प्रमुख प्रतिपक्ष दल एमालेले अध्यक्षको निर्वाचनबारे कुनै चासो नै नरहेको जनाएको हो ।
५९ सदस्यीय राष्ट्रियसभामा हाल एमालेका १० सांसद छन् । अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपा एकातिर हुँदा एमाले उम्मेदवार पराजित हुने निश्चित भएकाले पनि एमालेले त्यसतर्फ चासो नदिएको नेताहरूको भनाइ छ ।
‘अहिलेसम्म राष्ट्रियसभा अध्यक्षको निर्वाचनबारे छलफल पनि भएको छैन’, उपाध्यक्ष सुरेन्द्र पाण्डेको भनाइ छ । उपमहासचिव विष्णु रिमालले पनि राष्ट्रियसभा अध्यक्षको निर्वाचनबारे एमालेलाई कुनै चासो नरहेको बताए ।
‘राष्ट्रियसभा अध्यक्षको निर्वाचनबारे एमालेलाई कुनै चासो छैन’, नेता रिमालले भने, ‘चासो नभएपछि कुनै गृहकार्य वा निर्णय गर्ने कुरा पनि भएन ।’ राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि फागुन २४ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण