सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले संसद् सचिवालयमा दर्ता गर्‍यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बिहीबार, १७ फागुन २०८०, १५ : ५२
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुस र युक्रेनको युद्धमा नेपालीहरुलाई सहभागी गराइएको भन्दै सो विषयमा प्रतिनिधि सभामा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।  

राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरु विना लामा, अनिशा नेपाली र विना जैसवाल समर्थक रहेर रुस र युक्रेनबिचको युद्धमा नेपालीहरु सहभागी गराइएको भन्दै प्रतिनिधि सभामा छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो ।

बिहीबार संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसमक्ष पुगेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावमा नेपालीहरुलाई आर्थिक प्रलोभनमा पारी रुस र युक्रेन युद्धमा सहभागी गराइएको उल्लेख गरिएको छ । मानव तस्करी गरी युद्ध स्थलमा नेपालीलाई पठाएकाले यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालीहरुको ज्यान बचाउनका लागि जरुरी सार्वजनिक प्रस्ताव पेश गरिएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए । उनले युद्ध भूमिमा  फसेकाहरुलाई तत्काल उद्धार गर्न अत्यावश्यक भएको पनि बताए ।

संघीय संसद् सचिवालयका महासचिव पाण्डेयले यस प्रस्तावलाई छिटोभन्दा छिटो प्रक्रियामा लैजाने बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप