महाधिवेशनमा एउटा मात्र दस्तावेज पेस गर्ने एकीकृत समाजवादीको निर्णय
बिहीबार, १७ फागुन २०८०, १६ : १६

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को आगामी जेठ पहिलो साता हुने १० औँ महाधिवेशनमा एउटा मात्रै दस्तावेज प्रस्तुत हुने भएको छ ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको २७ सदस्यीय ‘दस्ताबेज मस्यौदा समिति’को बिहीबार सम्पन्न बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, पार्टीको आन्तरिक लगायतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
मस्यौदा समितिको बैठकपछि पार्टीभित्र अलग–अलग सोच छ भन्ने कुराको अन्त्य भएको र सबै भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने नेता खतिवडाको भनाइ छ । महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रूप दिन विभिन्न समूह बनाएर छलफल र कार्यविभाजन गरिएको प्रवक्ता खतिवडाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन