सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्व चुहावट मुद्दामा फरार प्रतिवादी पक्राउ

बिहीबार, १७ फागुन २०८०, १७ : २८
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी धादिङ वेनिघाट रोराङ गाउँपालिका-५ ठेगाना भएकी न्यू समिक्षा सप्लायर्सकी प्रोप्राइटर २९ वर्षीया कुमारी गुरूङ र पर्सा वीरगंज महानगरपालिका-८ ठेगाना भएका सोही सप्लायर्सका बैंक खाता संचालक ४१  वर्षीय प्रदिप कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७९ भदौ २५ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा जनही १/१ वर्ष कैद र १२ करोड १० लाख ३६ हजार ५ सय ३० रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट पक्राउ गरेको हो ।  

उनीहरूले न्यू समीक्षा सप्लायर्स नामको फर्म दर्ता गरी एकआपसमा मिलेमतो गरी मालवस्तु खरिद बिक्री नगरी नक्कली कर बिजक जारी गरी सङ्कलन भएको मूल्य अभिवृद्धि कर र आम्दानीमा कानुन बमोजिम तिर्नुपर्ने आयकर रकम समेत नतिरी राजस्व चुहावट गरेकोमा अदालतले उनीहरू विरुद्ध उक्त कैद तथा जरिवाना सजाय फैसला गरेको थियो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप