बेलायतका राजकुमार ह्यारीलाई झट्का
लन्डन । बेलायतका राजकुमार ह्यारीलाई ठूलो झट्का लागेको छ । बेलायतमा आफ्नो सुरक्षा हटाइएको विषयमा बेलायत सरकारविरुद्ध उनी अदालत गएका थिए ।
यस मुद्दामा लण्डन उच्च अदालतले ह्यारीको विपक्षमा फैसला सुनाएको छ । प्रहरी सुरक्षा हटाउने निर्णय गैरकानुनी वा तर्कहीन नभएको मुद्दाको सुनुवाइका क्रममा न्यायाधीश सर पिटर लेनले भनेका थिए ।
को हुन् राजकुमार ह्यारी ?
राजा चाल्र्स तृतीयका कान्छो छोरा हुन् राजकुमार ह्यारी । ३९ वर्षीय ह्यारीले शाही भूमिका त्यागेर जहान परिवारसहित अमेरिका बसाइँ सरेका थिए । यसपछि बेलायतले सन् २०२० को फेब्रुअरीमा देशमा रहेको बेलामा शाही भूमिकामा हुँदा खेरिको जस्तो सुरक्षा नदिने निर्णय गरेको थियो ।
आफ्नो सुरक्षा स्तर परिवर्तन गर्ने बेलायत सरकारको निर्णयमा आफूमाथि अन्याय भएको उनको तर्क थियो । बेलायतमै भएको बेलामा उनको सुरक्षाबारे यस्तो दृष्टिकोण उपयुक्त नभएको तर्क ह्यारीका वकिलहरूको थियो । यो फैसलाको विरुद्धमा ह्यारीले पुनरावेदन अदालतमा जाने भएका छन् ।
के थियो मामिला ?
यो मुद्दा सन् २०२० को फेब्रुअरीको हो । यसमा शाही परिवारका सदस्य र सार्वजनिक उच्च पदधारी÷व्यक्तिहरूको सुरक्षाका लागि बनेको एउटा कार्यकारी समितिको फैसलापछि बेलायतको गृह मन्त्रालयले राजकुमार ह्यारीलाई दिइएको सुरक्षाको समीक्षा गरेको थियो । राजकुमार ह्यारीले बेलायत यात्राको क्रममा प्रहरी सुरक्षाको लागि व्यक्तिगत रूपमा भुक्तानी गर्नु परेको थियो । गत वर्ष यस मुद्दामा पनि ह्यारीले हारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण