सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका राजकुमार ह्यारीलाई झट्का

बिहीबार, १७ फागुन २०८०, १८ : ०३
बिहीबार, १७ फागुन २०८०

लन्डन । बेलायतका राजकुमार ह्यारीलाई ठूलो झट्का लागेको छ । बेलायतमा आफ्नो सुरक्षा हटाइएको विषयमा बेलायत सरकारविरुद्ध उनी अदालत गएका थिए । 

यस मुद्दामा लण्डन उच्च अदालतले ह्यारीको विपक्षमा फैसला सुनाएको छ । प्रहरी सुरक्षा हटाउने निर्णय गैरकानुनी वा तर्कहीन नभएको मुद्दाको सुनुवाइका क्रममा न्यायाधीश सर पिटर लेनले भनेका थिए ।

को हुन् राजकुमार ह्यारी ?

राजा चाल्र्स तृतीयका कान्छो छोरा हुन् राजकुमार ह्यारी । ३९ वर्षीय ह्यारीले शाही भूमिका त्यागेर जहान परिवारसहित अमेरिका बसाइँ सरेका थिए । यसपछि बेलायतले सन् २०२० को फेब्रुअरीमा देशमा रहेको बेलामा शाही भूमिकामा हुँदा खेरिको जस्तो सुरक्षा नदिने निर्णय गरेको थियो ।

आफ्नो सुरक्षा स्तर परिवर्तन गर्ने बेलायत सरकारको निर्णयमा आफूमाथि अन्याय भएको उनको तर्क थियो । बेलायतमै भएको बेलामा उनको सुरक्षाबारे यस्तो दृष्टिकोण उपयुक्त नभएको तर्क ह्यारीका वकिलहरूको थियो । यो फैसलाको विरुद्धमा ह्यारीले पुनरावेदन अदालतमा जाने भएका छन् ।

के थियो मामिला ?

यो मुद्दा सन् २०२० को फेब्रुअरीको हो । यसमा शाही परिवारका सदस्य र सार्वजनिक उच्च पदधारी÷व्यक्तिहरूको सुरक्षाका लागि बनेको एउटा कार्यकारी समितिको फैसलापछि बेलायतको गृह मन्त्रालयले राजकुमार ह्यारीलाई दिइएको सुरक्षाको समीक्षा गरेको थियो । राजकुमार ह्यारीले बेलायत यात्राको क्रममा प्रहरी सुरक्षाको लागि व्यक्तिगत रूपमा भुक्तानी गर्नु परेको थियो । गत वर्ष यस मुद्दामा पनि ह्यारीले हारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप