संविधानको भाग–४ पढ्न नेताहरूलाई खनालको आग्रह
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानको भाग चार अध्ययन गर्न सबै नेताहरूलाई आग्रह गरेका छन् ।
शुक्रवार भरतपुर महानगरको भ्रमण वर्ष उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘संविधानको भाग ४ हामी सबै नेताहरूले पढौँ । भाग चारले जे निर्देशन गरेको छ त्यसका आधारमा नीति कार्यक्रम र बजेट बनाऔँ । त्यसो गरियो भने मात्रै यो सुन्दर देशमा सुगन्ध थपिने र समृद्धि आउँछ ।’
नेता खनालले २०६२,०६३ को परिवर्तनमा दलका नेताहरूले सङ्कल्प गरिएको थियो त्यो सङ्कल्प पुरा गर्नतिर पनि लाग्नुपर्ने बताए । साथै उनले भरतपुरमहानगरका प्रमुख रेनु दाहालले थालेको कामको सराहना गर्दै रेनु पुष्पकमल दाहालको मात्र छोरी मात्र नभएर सिङ्गो देशको छोरी भएको बताए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष माधवकुमार नेपालले ‘घुमौँ भरतपुर’ नारा अघि सारेर सुरु भएको भरतपुर भ्रमण वर्षको सफलताको शुभकामना दिँदै सबैको सहयोग र साथले भव्य समारोह हुन गइरहेकाले अरू नगरपालिकाहरुले पनि भरतपुरबाट सिक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको उपचारका क्रममा मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण