शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानको भाग–४ पढ्न नेताहरूलाई खनालको आग्रह

शुक्रबार, १८ फागुन २०८०, १६ : १७
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानको भाग चार अध्ययन गर्न सबै नेताहरूलाई आग्रह गरेका छन् ।

शुक्रवार भरतपुर महानगरको भ्रमण वर्ष उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘संविधानको भाग ४ हामी सबै नेताहरूले पढौँ । भाग चारले जे निर्देशन गरेको छ त्यसका आधारमा नीति कार्यक्रम र बजेट बनाऔँ । त्यसो गरियो भने मात्रै यो सुन्दर देशमा सुगन्ध थपिने र समृद्धि आउँछ ।’

नेता खनालले २०६२,०६३ को परिवर्तनमा दलका नेताहरूले  सङ्कल्प गरिएको थियो त्यो सङ्कल्प पुरा गर्नतिर पनि लाग्नुपर्ने बताए । साथै उनले भरतपुरमहानगरका प्रमुख रेनु दाहालले थालेको कामको सराहना गर्दै रेनु पुष्पकमल दाहालको मात्र छोरी मात्र नभएर सिङ्गो देशको छोरी भएको बताए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष माधवकुमार नेपालले ‘घुमौँ भरतपुर’ नारा अघि सारेर सुरु भएको भरतपुर भ्रमण वर्षको सफलताको शुभकामना दिँदै सबैको सहयोग र साथले भव्य समारोह हुन गइरहेकाले अरू नगरपालिकाहरुले पनि भरतपुरबाट सिक्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप