शिवपुरी राष्ट्रिय निकुञ्जमा आत्मदाह प्रयास गर्ने युवकको उद्धार
शुक्रबार, १८ फागुन २०८०, १९ : ४५
काठमाडौँ । काठमाडौँका शिवपुरी राष्ट्रिय निकुञ्जमा आत्मदाह प्रयास गरेका एक जना युवकको प्रहरीले उद्धार गरेको छ । नुवाकोटको लिखु गाउँपालिका–१ घर भएका विकल्प खड्काले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका हुन् ।
उनलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । खड्काको शरीरको आधा भाग जलेको छ ।
दिउँसो साढे ३ बजेतिर घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी टोली निकुञ्जमा पुगेको हो । ३० वर्षीय खड्का दाजुहरुसँग पुतलीसडकमा कन्सल्टेन्सी संचालन गर्छन् । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण