बजार
यो साता प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो
शनिबार, १९ फागुन २०८०, १४ : २२
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रवारको तुलनामा यो साताको शुक्रवारसम्मको अवधिमा प्रतितोला १ हजार रुपैयाँले मूल्य बढेको जानकारी दिएको छ ।
गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा १ लाख १९ हजार रुपैयाँ प्रतितोला कायम छ । यस्तै, गतसाता तोलामा १ लाख १७ हजार ४५० कायम भएको तेजाबी सुनको मूल्य यो साता १ लाख १८ हजार ४५० रुपैयाँ कायम भएको छ ।
यस्तै, यो साता चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । गत साताको शुक्रवार तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साता १३ सय ९० रुपैयाँमा आइपुगेको हो । सातामा सुनको मूल्य बढे पनि चाँदीको भने घटेर बन्द भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुतेकै अवस्थामा कैदीको मृत्यु
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
-
करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण