वैवाहिक जीवनमा प्रवेश गरिन् नन्दिता केसी
काठमाडौँ । अभिनेत्री नन्दिता केसी आजदेखि वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । शनिवार एक समारोहकाबिच प्रेमी अरविन्द्र कटवालसँग उनले लगनगाँठो कसेकी हुन् । नन्दिता र अरविन्द्रको विवाह समारोह काठमाडौँको एक होलटमा आयोजना गरिएको हो । विवाह समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायत निम्त्याइएको थियो ।
विवाह अगाडि बिहीबार केसीको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीवनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित मेहन्दी सेरोमनीमा अभिनेत्री श्वेता खड्का, रीमा विश्वकर्मा, निर्देशक रेनेशा बान्तवा राई, गायिका रेखा शाहलगायत सेलिब्रेटी, उनका नजिकका आफन्त र रंग पत्रकारको उपस्थिति थियो । जसमा उनी निकै खुसी देखिएकी थिइन् ।
नन्दिताले केही अगाडि प्रेमी अरविन्द्र कटवालसँगको इन्गेजमेन्ट तस्बिर सार्वजनिक गर्दै विवाह जानकारी दिएकी थिइन् । मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौँमा छन् । यी दुईबिच ६ महिनाअघि भेट भएको थियो । यी दुईले मागी विवाह गरेका हुन् ।
नन्दिता लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । विवाहका लागि दुवै केही अगाडि काठमाडौँ आएका छन् । करिब ३ दर्जन फिल्म अभिनय गरेकी नन्दिताको डेब्यु फिल्म ‘इन्द्रेणी’ थियो । उनको पछिल्लो फिल्म ‘जङ्गबहादुरको कोट’ ७ वर्षअघि प्रदर्शनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण