वुमन्स प्रिमियर लिग : डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा
काठमाडौं । वुमन्स प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो । चार खेलबाट ६ अङ्क बनाएको मुम्बई शीर्ष स्थानमा पनि उक्लिएको छ ।
एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाएको थियो । जवाफमा मुम्बईले ३ विकेट गुमाएर १५.१ ओभरमै लक्ष्य पूरा गर्यो। मुम्बई इन्डियन्सकी कप्तान नेट–सेभर ब्रन्टले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी थिइन् । बैंगलोरको सुरुवात निकै खराब रह्यो र ४२ रनमा पहिलो ४ विकेट गुमाएको थियो ।
जसमा कप्तान स्मृति मन्धाना र सोफी डिभिन ९/९ रन बनाएर पभेलियन फर्किए भने सबिनेनी मेघना ११ रन बनाएर आउट भएकी थिइन् । यस्तै ऋचा घोष ७ रन बनाएर आउट भएकी थिइन् । एलिस पेरी र मोलिनक्सले ५औँ विकेटका लागि २९ रन जोडे भने एलिस पेरीले जर्जिया वारहमसँग छैटौँ विकेटका लागि ५२ रनको अर्धशतकीय साझेदारी गरिन् । एलिस पेरीले नटआउट ४४ रन बनाउँदा भार्हमले २७ रनको महत्त्वपूर्ण योगदान दिएर आफ्नो टोलीलाई १३१ रनको चुनौतीपूर्ण स्कोरमा लगेका थिए । मुम्बईका लागि नेट सिभर ब्रन्ट र पूजा वस्त्रकारले २–२ विकेट लिए भने इज्जी वोङ र साइका इशाकले समान १–१ विकेट लिए ।
१३२ रनको लक्ष्यको जवाफमा मुम्बई इन्डियन्सका ओपनिङ ब्याटरले गतिलो सुरुआत दिलाए । यास्तिका भाटियाले ३१ रन बनाइन् भने हेली म्याथ्युजले २६ रनको योगदान दिएकी थिइन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी नेट सिभर ब्रन्टले २७ रनको महत्त्वपूर्ण इनिङ खेलिन भने मिडल अर्डरमा ब्याटिङ गर्न आएकी मेलिया केरले ४० रनको नटआउट इनिङ्स खेल्दै मुम्बईलाई प्रतियोगिताको तेस्रो जित दिलाएकी थिइन् । बैंगलोरका लागि सोफी डेभिन, जर्जिया वर्हम र श्रेयंका पाटिलले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण